म्याग्दीमा बोलेरो जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ४ पुग्यो



म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । भने थप एक जनाको बेनी अस्पतालमा मृत्यु भएको छ । ज्यान गुमाउनेमा बेगका खिमनाथ शर्मा ,खिमु पुन , वडा सदस्य गौमाया विक र चालक दुत बहादुर थापा रहेका छन् ।

घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक ,ज्ञानु शेरपुर्जा ,मनोज पुन ,र बिसुन फगामी रहेका छन् । घाइते चार जनालाई थप उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको छ ।प्रहरी निरिक्षक तथा सुचना अधिकारी गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो ।

News24nepal.tv 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment