तास खेलिरहेको अवस्थामा दमकबाट नगदसहित ७ जुवाडे समातिए



झापा । झापाको दमकबाट तास खेलिरहेको अवस्थामा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । दमक–६ स्थित फाल्गुनन्द चोक बस्ने पवन लिम्बूले संचालन गरेको परदेशी होटलको कोठा भित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ– ३ घर भई हाल झापाको दमक–६ वस्ने वर्ष ५० को पवन लिम्बू (होटल संचालक), दमक– १ वस्ने वर्ष ३५ को भक्तिश्वर देवान, दमक–२ वस्ने वर्ष ४५ को प्रमोद लिम्बू , दमक–९ वस्ने वर्ष ३५ को रमेश महत्तो, पाँचथर फाल्गुनन्द– ८ वस्ने वर्ष ४२ को बबिन सुब्बा आङदेम्व, ईलाम चुलाचुली– १ वस्ने वर्ष ४३ को रुपचन्द्र राइ र मोरङ पथरी शनिश्चरे–१ वस्ने वर्ष ४७ को राज कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरिक्षकको टोलिले उनीहरुलाई सोमबार साँझ ४ः३० बजे नियन्त्रणमा लिएको डिएसपी पाठकले जानकारी दिए ।

उनका  अनुसार  उनीहरुकाे साथबाट एक लाख सन्ताउन्न हजार नगद सहित तीन बुङ तास बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक थप अनुशन्धान थालेको जनाएको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment