खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी । खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन् । घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment