जेब्राक्रसमा हिँडिरहेका स्कुले बालकलाई गाडीको ठक्कर, उपचारका क्रममा मृत्यु

पोखरा । गाडीको ठक्करबाट एक स्कुले बालकको ज्यान गएको छ । आइतबार साँझ पोखरा–बागलुङ राजमार्गमा पर्ने गणतन्त्र चोकमा जेब्रा क्रसमा हिँडिरहेका बालकलाई अज्ञात सवारी साधनले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी भागेको र उक्त गाडीको पहिचान हुन नसकेको बताइएको छ । कास्की प्रहरीका अनुसार मृत्यु भएका बालक तनहुँ घर भई हाल पोखरा महानगरपालिका वडा ५ मा बस्दै आएका १४ वर्षीय शुभम खनाल रहेका छन् । पोखराकै शान्ति निकेतन स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment