प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

 

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्रीमा मंगलबार बिहान १ बजेसम दावी गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

सोमबार मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरेपछि
प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले दावी आह्वान गरेसँगै दलहरूले नयाँ सरकारका लागि दाबी पेसका लागि तयारीमा जुटेका छन् । दावी पेश गर्न गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका ५० सांसदले यसअघि नै हस्ताक्षर संकलन गरेका छन् ।

अब, प्रदेश १ मा गठबन्धनबाट नेकपा (एस) का राजेन्द्र्र राई मुख्यमन्त्री बन्दै छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment