कर्णालीका मुख्यमन्त्री शाहीले पनि आजै राजीनामा दिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (सोमबार) पदबाट राजीनामा दिन लागेका छन् ।

साँझ बेलुका ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकअघि नै मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेको बताइएको छ ।

राजीनामा दिनु अगाडि सबै मन्त्रीहरुलाई धन्यवाद दिन र राम्रोसँग जिम्मेवारी निर्वाह गर्न उनले मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ ।

विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँगको सम्झौताबमोजिम आलोपालो सरकार चलाउनका लागि मुख्यमन्त्री शाही पदबाट राजीनामा दिन लागेका हुन् ।

अब कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार गठन हुने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री हुने बताइएको छ। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment