प्रदेश १ का मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

 

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा बुझाएका छन् ।

सोमबार दिउँसो प्रदेशसभा बैठकमा प्रदेश प्रमुख समक्ष नेकपा एमाले सबैभन्दा ठूलो रहे पनि एकल बहुमतको अवस्था नरहेकाले राजीनामा बुझाएका छन् ।

दुई महिनाको अवधिमा मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका आचार्य भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी अघि शेरधन राई मुख्यमन्त्री थिए ।

तर, एमालेबाट माधव नेपाल समूह छुट्टिएर गएसँगै उनी अल्पमतमा परेका थिए । एमालेका १० सांसदले नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

त्यसपछि अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । तर, उनले राजीनामा दिएपछि प्रस्ताव मतदान नभई गठबन्धनको सरकार बन्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment