यसपालि भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौँ । यसपालि भाइटीका कात्तिक २० गते परेको छ । भाइटीकाको उत्तम साइत भने बिहान ११ बजेर २ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहान ११ बजेर २ मिनेटमा टीका लाउनु शुभ रहेको समितिको भनाइ छ । समितिले हरेक वर्ष दशैँ, भाइटीका लगायत पर्वमा साइत तोक्दै आएको छ ।

यस वर्षको तिहार भोलि मंगलबार (कात्तिक १६) बाट सुरु हुँदै छ । भोलि यमदीपदान, धनत्रयोदशी (धन्तेरस) तथा धन्वन्तरी जयन्ती मनाइँदैछ ।

यसैगरी बुधबार कागतिहार तथा कुकुरतिहार र नरक चतुर्दशी परेको छ भने बिहीबार लक्ष्मीपूजा मनाइँदै छ । शुक्रबार गोवद्र्धन पूजा तथा नेवारी समुदायमा म्ह–पूजा परेको छ भने २० गते शनिबार भाइटीका परेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment