अछाम । अछाममा बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । मंगलबार (आज) जिल्लाको सदरमुकाम मंगलसेनबाट धनगढीतर्फ आउदै गरेको ना६ख ८२९ नम्बरको बस कैलाशखोलानजिकै डाँडाबाघमा दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेका छन् ।
उक्त बसमा सवार अन्य ३६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment