लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ



मुगु । मुगुमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले छायाँनाथ रारा नगरपालिका–१ का २२ वर्षीय भक्तराज शाहीलाई ४.३५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

मुगु र आसपासका क्षेत्रमा लागू औषधको विक्री वितरण तथा ओसार–पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा शाहीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

शाहीविरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ विरुद्धको कसुरमा जिल्ला अदालत–मुगुबाट २० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख सुवास हमालले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment