पार्टी विभाजनपछि पहिलोपटक एउटै मञ्चमा ओली-प्रचण्ड-नेपाल



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु भएको छ । कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरु उपस्थित भएका छन् भने केहीले आफ्ना मन्तव्य राखिसकेका छन् । मन्तव्य राख्न क्रम जारी छ ।

महाधिवेशनको उद्घाटन सत्र अघि बढ्दै गर्दा एउटा रोचक र संयोग दृश्य पनि देखिएको छ । सर्वाेच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाएर साबिककै पार्टीमा फर्काइदिएको करिब १ वर्षपछि एउटा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै मञ्चमा देखिएका छन् ।

एउटै मञ्चको एउटै लहरमा अध्यक्ष ओली र प्रचण्डसँगै एमालेबाट छुट्टिएर नयाँ पार्टीका अध्यक्ष बनेर देउवा सरकारमा सहभागी माधवुकमार नेपाल पनि रहेका छन् ।

लहरको बीचमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् । कार्यक्रममा सबै दलका नेताहरु समयमै पुगे पनि अध्यक्ष ओली भने केही ढिला गरि कार्यक्रममा उपस्थित भएका थिए ।

गत पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि ओली–प्रचण्डबीच एउटै मञ्चमा देखिएका थिएनन् । यसअवधिमा दुबैले एक अर्काबीच अनेक संगीन आरोप लगाएका थिए ।

यता, ओली र नेपालबीच भने यसबीचमा थुप्रैपटक भेटवार्ता भयो पार्टी एकता गर्न तर, सहमति जुटेन । ओली पेल्न खोज्ने, नेपाल पेलिनुभन्दा निस्क्नु उपयुक्त ठानेर आफूनिकटका नेता, कार्यकर्ताहरुलाई साथमा लिएर नयाँ दल दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment