ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ



काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् ।

सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ । उक्त सूचना प्राप्त हुनासाथ वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ ।

घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ ।

उनलाई घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment