अब केपी ओलीले आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न सक्दैनन् : झलनाथ खनाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अबको निर्वाचनमा केपी ओलीले झापाको आफ्नै निर्वाचन क्षेत्रमा पनि जित्न नसक्ने दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खनालले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै अबको निर्वाचनमा झापाबाट पनि चूनाव जित्न नसक्ने दाबी गरेका हुन् ।

उनले ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिदै धर्तीमा रहेको जनतामाथि गद्धारी गरेको तर्क गरे । पार्टीको निति र सिद्धान्तलाई कुल्चिएर ओलीले पार्टी र जनताका सार्थै जनतामाथि धोका दिएको उनको भनाइ छ ।

खनालले अवको निर्वाचनमा आफ्नौ पार्टीको जीतलाई कसैले रोक्न नसक्ने तर्क गरे । छाटो समयमा नै पार्टी निकै बलियो भएको भन्दै उनले छोटो समयमा पार्टीका सबै कमिटी निर्माण गरिएको जिकिर गरे ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्ताहरु एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment