नेपाली महिला टोलीले उचाल्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि


काठमाडौं । उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला भलिबल टिमले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि उचालेको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकाको शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा भएको अन्तिम प्रतिस्पर्धामा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि उचाल्न सफल भएको हो ।

साविक विजेतासमेत रहेको नेपालले प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक खेल प्रदर्शन गरेको थियो । नेपालले पहिलो सेट ट्राइब्रेकरमा उज्वेकिस्तानसँग २६–२४ को अन्तर बनाएको थियो ।

पहिलो सेतमा अग्रता कायम गरेको उज्वेकिस्तानसँग नेपालले अंक बराबर (१८–१८) बनाएर ट्राइब्रेकरमा बाजी मारेको थियो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवाती अग्रता कायम गरेकै अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमानेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

यससँगै सर्भिस पाएको नेपालले थप अंक जोड्दै उज्वेकिस्तानसँग २४–२४ अंक बराबर बनाएको थियो । त्यसपछि दोस्रो सेट टाई ब्रेकमा नेपालले उज्वेकिस्तानसँग २४–२६ अंक बनाएको थियो ।

तेस्रो सेटमा भने उज्वेकिस्तानसँग नेपालले २५–१५ को फराकिलो अंक बटुल्यो । तर, चौथो सेटमा उज्वेकिस्तानले अग्रता लिँदै २५–२२ ले सेट आफ्नो पक्षमा पार्यो । र, खेल २–२ को अवस्थामा पुगेको थियो ।

त्यसपछि भएको पाँचौ तथा निर्णायक सेटमा भने उज्वेकिस्तानलाई १५–११ ले जित्दै नेपालले उपाधि उचालेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment