स्कोरपियो दुर्घटना : मृतकको संख्या ६ पुग्यो, घाइतेहरुको अवस्था गम्भीर


रोतहट । रौतहटमा स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । मंगलबार जिल्लाको गढीमाई नगरालिका–३ गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटीया टोलमा जन्ती गएर फर्कने क्रममा सो स्कोरपियो गरुडा नगरपालिकाको जयनगरमा दुर्घटना भएको थियो ।

गौर चन्द्रनिगाहपुर सडकखण्डको जयनगरमा भारतीय नम्बर बीआर ०५ पीए ६९५३ नम्बरको रातो स्कोरपियो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट उछिट्टिएर बिजुलीको पोलको करिब १० फिट माथि ठोक्किन पुगेको थियो । बिजुलीको पोलमा ठोक्किएर गाडी खाडलमा दुर्घटनाग्रस्त भएको हो ।

मृत्यु हुनेहरुमा १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा.मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, शेख अबुलेस रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी सोही दुर्घटनामा परेर १५ वर्षीय शेख अमानत, १६ वर्षीय शेख अलफाज, १७ वर्षीय शेख करिमुल्लाह गम्भीर घायते भएका छन् । घाइतेहरुको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनाबाट घाइते भएकाहरुको गरुडास्थित ग्रान्डी अस्पताल, हेल्थल्याण्ड अस्पतालमा र वीरगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीमा ९ जना सवार थिए । तीब्र गतीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment