कांग्रेसको १४औं महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान हुँदै


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति सहित केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिको अनुसार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ । पार्टीको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, प्रकाशमान सिंह, विमेलेन्द्र निधि र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका लागि उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ । दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् ।

यस्तै उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।

निर्वाचन समितिका अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थल राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृरशुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment