दाङमा जिप दुर्घटना : ३ को मृत्यु, १४ घाइते, ७ जनाको अवस्था गम्भीर


दाङ । आइतबार दाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिप दुर्घटनामा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो।

प्रहरीका अनुसार तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा भएको थियो । दुर्घटना भएको हो।

मृत्यु हुनेहरुमा कपुरकोट गाउँपालिका–३ का प्रेम प्रकाश शर्मा, लालमति खडका र कपुरकोट गाउँपालिका–४ का साउनी घर्ती रहेको प्रहरीले जनाएको छ ।

१२ सिटको जिपमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको बताइएको छ ।

बाँकी घाइते सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको पनि जनाइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment