कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि बुस्टर डोज दिने सरकारको तयारी


काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि सरकारले कोरोनाविरुद्ध बुस्टर डोज दिने तयारी गरेको छ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेसँगै विश्वका अधिकांश मुलुकहरुले बुस्टर डोज दिइरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले पनि त्यसको तयारीमा जुटेको हो । आइतबारको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यसबारे छलफल भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । उनका अनुसार आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्नेछ ।

बुस्टर डोज दिने सम्बन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उक्त प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment