रातोपुल : धोविखोलामा एक पुरुषको शव फेला, थप अनुसन्धान जारी

काठमाडौं । काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ ।

आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ, भने पहिचान खुल्न बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment