इलाममा उत्पादित सुन्तलाको बजार खोज्नु नपर्ने, तर राेगका कारण उत्पादनमा कमी


इलाम । मंसिर महिना सुरु भएसँगै इलामको मौसम खुलेको छ, न्यानो घाममा सिजन अनुसारको सुन्तला बिक्रीमा पनि बृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तोलाको राम्रो व्यापार भइरहेको छ । गत सालको तुलनामा सुन्तलाको उत्तपादनमा केही केही भएको छ ।

अहिले इलाममा रोगको कारणले सुन्तोलाको उत्पादनमा गिरावट आउने अनुमान गरिको छ, तरपनि नायँ बोटहरुमा भने केही राम्रो सुन्तलाको उत्पादन भएको छ । इलामको इलाम नगरपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

तर, इलामको रोङ गाउँपालिकाको जिर्मलेमा सुन्तला बगान मासिन थालेको छ । गाउँपालिकाहरु माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकाममा सुन्तलाको उत्पादनमा कमी आएको तथ्याङ्क छ ।

राम्रो फलेको बोटमा किसानको बारीमा सुन्तला लटरम्म फलेका छन् । इलामका कृषकलाई सुन्तला नबिक्ने चिन्ता भने पटक्कै छैन । इलाम नगरपालिका–६ का कृषक विमला देवी शर्मा भन्छिन्, ‘व्यापारीहरु घरमै आएर बगान बाटै सुन्तला किनेर आँफै टिपेर लान्छन् । सुन्तला विक्रीमा कुनै समस्य नै छैन । तर अहिले रोगले गर्दा पहिलाको जस्तो सुन्तला उत्पादन भएको छैन । रोगबाट सुन्तला जोगाउँन धेरै मुस्किल परेको छ ।’

इलाम नगरपालिका सिङफिरिङका कृषक गंगा तामाङको बारीमा पनि सुन्तला राम्रो फलेको छ । तर, उनको बारीमा पनि आधाजसो बोटहरु रोगको सिकार भइसकेका छन् । उनी भन्छिन्, ‘कृषकलाई राज्यले दिनुपर्ने सुविधा नहुँदा फलफूल खेतीमा समस्या आएको छ । सहकारीमार्फत् मात्र सुविधा उपभोग गर्न पाउने नीतिले पनि अप्ठ्यारोमा परेको उनी बताउँछन् ।

इलामको सुन्तला स्थानीय बजारमा नै राम्रोसँग विक्री भइरहेको व्यपारीहरु बताउँछन् । अहिले इलाममा उत्पादित सुन्तला ८० रुपैयाँ प्रतिकिलो देखि राम्रो ग्रेडिङ गरेको सुन्तला १५० रुपयाँ किलो सम्ममा विक्री भइरहको छ ।

इलाकको सुन्तला झापाका बजारहरुमा पनि विक्री भइरहेको छ । केही सुन्तला छिमेकी मुलुक भारतको सिलिगुरी र कोलकत्तामा समेत विक्री हुने गरेको छ । इलाममा अहिले ३५० हेक्टर क्षेत्रफलमा सुन्तलाको खेती भइरहेको छ । इलाममा यो वर्ष ३६२९ मेट्रीकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment