कांग्रेस महाधिवेशन : प्रदेश १ को मतगणना जारी


विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको चयनका लागि प्रदेश १ मा शनिबार भएको मतदानको मत गणना जारी छ । प्रदेश अधिवेशनको मतगणना आइतबार दिउसो १ बजे देखि विराटनगरस्थित काग्रेस पार्टी कार्यालयमा सुरु भएको हो ।

प्रदेश १ अधिवेशनमा कांग्रेस इतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धब थापा सभापतिका लागि मैदानमा उत्रिएका छन् । प्रदेश समितिको लागि पार्टीको संस्थापन र इतर पक्षले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् ।

प्रदेश अधिवेशनमा १ हजार आठ सय पाँच जना मतदाता प्रतिनिधि रहेकामा १ हजार सात सय ५३ मत खसेको छ, भने ५२ जना मतदानमा सहभागी भएनन् । ढिलो गरि सुरु भएको मत गणनाको परिणाम आउन समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्मको मत गणनामा इतर पक्ष घिमिरेको प्यानलले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment