नेपालमै सञ्चालन आयो ‘इलेक्ट्रीक एम्बुलेन्स’


काठमाडौँ । नेपालमा नै इलेक्ट्रीक एम्बुलेन्स सञ्चालनमा आएको छ । ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्युतीय एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

यो विद्युतीय एम्बुलेन्स एक पटक फुल चार्ज गरेपछि ३१० किलोमिटर गुडाउन सकिने छ । यसलाई ४० किलोवाट क्षमताको एसी चार्जरले १ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने छ । यसमा ५०.३ किलोवाटको ब्याट्री राखिएको छ ।

चीनको विद्युतीय कार निर्माता कम्पनी बीवाईडीको एमथ्री मल्टी पर्पोज भ्यान (एमपीभी) लाई एम्बुलेन्समा परिमार्जन गरेर संचालनमा ल्याइएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment