हिमाली बस्तीहरुमा वर्षासँगै हिमपात, हवाई सेवा अवरुद्ध


मुगु । मुगुको उच्च हिमाली बस्तीहरुमा वर्षासँगै हिमपात भएको छ । हिमपातका कारण जिल्लाको ताल्चा विमानस्थल प्रभावित हुँदा हवाई सेवासमेत अवरुद्ध भएको छ ।

जिल्लाको मुगमकार्मारोङ गाउँपालिकाको मुगु, डोल्फु, किमी, मह, दाउरा, सेरोक बस्तीमा अविरल वर्षापछि हिमपात भएको छ । त्यस्तै, सोरु गाउपालिकाको सोरुकोट, धैन, काले, रुम र खत्याड गाउँपालिकाको खमाले, सेरी, श्रीकोट, लुमेरालगायतका बस्तीहरुमा पनि हिमपात भएको हो ।

यता छायानाथ रारा नगरपालिका र अन्य पालिकाको बस्तीहरुमा भने वर्षा भएको छ । गत पर्षको तुलनामा यो वर्ष चाँडो हिमपात भएको छ । वर्षासँगै हिमपात भएपछि मुगाली कृषकहरू हिउदे बाली राम्रो हुने भन्दै निकै खुसी भएका छायानाथ रारा नगरपालिका–४ भामबाडाका कृषक धिरेन्द भामले बताए ।

हिमपातपछि मुगुमा ह्वात्तै चिसो बढेको छ । साथै आज विहानैदेखि मौसममा खराबीका कारण हवाई सेवा अवरुद्ध हुँदा सुखेत, नेपालगन्ज र काठमाडौं जाने यात्रुहरु अलपत्र परेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment