भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला


काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी राष्ट्र भारतमा फेला परेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । ‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ । दुवै संक्रमित कर्नाटकका हुन्,’सहसचिव अग्रवालले भने ।

भारतमा पनि ओमिक्रोन भेरियन्ट देखा परेसँगै २६ मुलुकमा यो नयाँ भेरियन्ट फैलिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment