झापामा होमवर्कको निहुँमा शिक्षकले कुटे विद्यार्थी


झापामा संस्थागत विद्यालयका गुरूले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्।

विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र डढेल्लोमा सुम्लो बसेको छ।

घटनाको पुष्टि गर्दै विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुन: रोजगार नमिल्ने गरी हटाइएको बताए। 

‘शिक्षकबाट गल्ती भयो। विद्यालय प्रशासनले घटना स्वीकार गर्दे प्याब्सन र एन प्याब्सन झापामा आवद्ध कुनै पनि विद्यालयमा रोजगारी नपाउने गरी अवकाश दिएका छौं,’ उनले भने।

विद्यार्थीकी आमा अञ्जनाले कक्षा कोठामा सोधेको र होमवर्क नमिलाएको भन्दै आफ्नो नानीलाई असामान्य ढंगबाट कुटपिट गरिएको बताइन्।

Setopati

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment