इलाममा नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिब्र, ८१ वडामै छनौट भए प्रतिनिधि


आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले इलामले बिहीबार जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गरेको छ । सबै वडामा सर्वसम्मत ढंगबाट प्रतिनिधि छनौट सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले बताए । एमालेले १५ हजार २ सय ६५ पार्टी सदस्यबाट अधिवेशन प्रतिनिधि छनौट गरेको हो ।

एमालेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव सहितको १०५ सदस्य जिल्ला कमिटी रहने छ । निर्वाचित समितिमा महिला तर्फ समावेशी ढंगले ३५ जना महिला रहने छन् । निर्वाचित जिल्ला कमिटीले अन्य दलबाट आएका सदस्यहरुलाई माथिल्लो कमिटीको स्वीकृतिमा १० प्रतिशत मनोनित गर्न सक्ने व्यवस्था विधानले गरेको एमालेले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment