गोविन्द केसी गगन थापासहित अधिवक्ता र अधिकारकर्मी लिएर वालुवाटार पुगे


काठमाडौं । डाक्टर गोविन्द केसी काँग्रेस महामन्त्री गगन थापासहित कानुन व्यवसायी र अधिकारकर्मीलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा केसी बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका हुन् । उनी नवनिर्वाचित गगन थापा, अधिवक्ता ओमप्रकाश अर्याल र अधिकारकर्मी मोहना अन्सारीलाई लिएर वालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा डा। गोविन्द केसीले सात बुँदे मागको सम्बोधन गर्न अनुरोध गरेका थिए । उनको मागमा प्रधानमन्त्री देउवा पनि सकारात्मक भएको वालुवाटार स्रोतले बताएको छ ।

स्रोतल भन्यो, ‘डाक्टर केसीले बिहीबार साँझ सात बुँदे माग सम्बोधन गर्न अनुरोध गर्नुभएको थियो । त्यसप्रति प्रधानमन्त्रीले पनि सम्बोधनका लागि प्रतिबद्धता जाहेर गर्नुभएको छ ।’

भेटका क्रममा डा. केसीले शिक्षारस्वास्थ्य, बीपी प्रतिष्ठान, प्रधानन्यायाधीश प्रकरण र निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत अधिकारकर्मीका मागबारे छलफल गरेका थिए ।

त्यस्तैगरी बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न भएको प्राविधिक जटिलता एक÷दुई दिनभित्रै समाधान गर्न निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरण सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र जबराविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनका दलबीच छलफल गर्नेलगायत विषयमा प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएको डा. केसीका प्रेस संयोजक प्रितम सुवेदीले जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले निर्मला कुर्मी हत्या प्रकरण अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने, आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा घर फर्किने वातावरण बनाउन गृहमन्त्रीलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment