हुस्सु र कुहिरोका कारण सबै उडान बन्द, अल जजिराकाे विमान अवतरण हुन सकेन


काठमाडौँ । मौसममा खराबी आएर बाक्लो हुस्सु तथा कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द भएका छन् । आज बिहानैदेखि काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने मौसम समे पूर्ण बदली रहेको छ ।

प्रतिकूल मौसमका कारण बाहिरबाट आएका विमान समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेनन् । साथै विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ । हुस्सुका कारण भिजिबिलिटी ज्यादै कम देखिएकाले उडान तथा अवतरण बन्द गर्नुपरेको हो । बिहान हुस्सुकै कारण जजिरा एयरलाइन्सका २ विमान अवतरण गर्न सकेनन् । त्यसपछि काठमाडौंको आकाशमा ती जहाज फन्को लगाउँदै अवतरण सहजताको प्रतीक्षामा रहेको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment