इलामको रोङ गाउँपालिकाद्वारा विद्यालयलाई भेन्डिङ मेसिन बितरण

  • गोविन्द पौडेल


इलाम, २९ मंसिरः किशोरीहरुको स्वास्थ्य सुरक्षा र बिद्यालयमा नियमितता बढाउन सरकाले निःशुल्क सेनिटरी प्याडबितरण गर्दै आएकोमा यसको सहि सदुपयोगको लागि इलामको रोङ गाउपालिकाले भेन्डिङ मेसिनको  प्रयोग गराउनथालेको छ ।

छात्राहरुलाई आवश्यक्ता अनुसार सेनिटरी प्याड उपलब्ध गराउन मेसिनको जडानगरि कार्डको प्रयोग गदै आवश्यक्ता अनुसारको सेनिटरी प्याड प्राप्तीको  लागि रोङ गाउपालिकाले करीव  ५  लाखको लागतमा नौवटा मेसिन खरीद गरि गाउँपालिका भित्रका माध्यामिक विद्यालयहरुमा जडान गर्न थालिएको हो । 

मंगलबार रोङ ३ को शान्तिनिकेतन माध्यामिक विद्यालयमा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपेन्द्र दहालले पहिलो  उद्घाटन बितरण गर्नुभएको रोङ गाउपालिकाका स्वास्थ्य शाखा उपप्रमुख युवराज काफ्लेले बताए । 

यसको नियमित र प्रभावकारी प्रयोगको लागि विद्यालयको एक शिक्षिकालाई फोकल पर्सन बनाएर कार्ड जिम्मालगाएर छात्राहरुले आवश्यक्ता परेको जुनसुकै बेलामा पनि लिन सक्ने गरि स्वास्थ्यकर्मिद्वारा तालिमको ब्यवस्था गरि संचालनको ब्यवस्था गरेको छ ।  खरिद गरिएको मेसिन तुरन्तै सबै बिद्यालयमा लगेर बितरण गरिने तयारी रहेको  स्वास्थ्य शाखा उपप्रमुख काफ्लेले बताए । उक्त मेसिनमा एकपटकमा ५० थान प्याड लोड गर्न सकिन्छ भने स्वास्थ्य मापदण्ड अनसुार अति स्वस्थ्यकर रसुरक्षित पनि रहने छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment