एक युवती बलात्कार गरेकाे आरोपमा नयाँ बसपार्कबाट समातिए ८ युवक


काठमाडौं । काठमाडौं नयाँ बसपार्कमा एक युवती सामूहिक बलात्कारको सिकार बनेकी छन् । उनले प्रहरी समक्ष समूहिक बलात्कार भएको भन्दै उजुरी दिएपछि ८ जना पक्राउ परेका छन् ।

काम खोज्दै काठमाडौं आएकी ती युवतीलाई लजमा लगेर पालैपालो बलात्कार गरेको प्रहरीसामू उनले बताएकी छन् । त्यसपछि घटनाका बारेमा अनुसन्धान गर्नेक्रममा ८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र नाम नखुलेका एकजना रहेका छन् । उनीहरु गएराति नै पक्राउ परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई सीसीटिभीका फुटेजका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । पीडित युवती सुर्खेतबाट काम खोज्दै काठमाडौं बताइएको छ । उनी विवाहित भएपनि हाल श्रीमान सम्पर्कमा नरहेको खुलेको बताइएको छ ।

उनीहरुले सोमबार देखिनै मंगलबार बिहानसम्म लजमा बलात्कार गरेको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment