राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी


काठमाडौं । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार लिङ्देन १८४४ मत ल्याउनु भयो भने पराजित थापाले १६१७ मत ल्याउनु भएको छ । ४३१ मत बदर भएको बस्नेतको भनाइ छ । राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो ।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment