राप्रपाको नयाँ नेतृत्व चुन्न आज निर्वाचन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वका लागि शनिबार आज निर्वाचन हुँदैछ । ३ दिनदेखि जारी एकता महाधिवेशनको आज निर्वाचन हुन लागेको हो ।

प्रत्येक ४ वर्षमा हुने महाधिवेशनमा यो पटक भने ३ अध्यक्ष रहेको राप्रपाले एक अध्यक्ष चुन्ने छ । यसअघि एकीकरण हुँदा पार्टीमा ३ अध्यक्ष थिए । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा हुने छ ।

जसमा अध्यक्षका लागि पूर्वअध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देन भिड्नेछन् । राप्रपाको अध्यक्ष पदका लागि मतपत्रबाटै निर्वाचन हुने भएको छ । त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यमा भने विद्युतीय मतदानको व्यवस्था गरिएको छ ।

राप्रपाको जारी एकता महाधिवेशनबाट १९९ सदस्यीय नयाँ कार्यसमिति बन्नेछ । जसका लागि २ सय ६६ जनाले दिएका छन् ।

देशभरबाट राप्रपाका चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । राप्रपामा एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी रहने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment