इलामको हाँसपोखरीबाट पसे देलेडाँडोमा निस्कने (फोटो फिचर)

  • गोविन्द पौडेल


रोङ, २९ मंसिरः बढ्दो शहरीकरण र कोलाहल युक्त समाजको बिकास सगै एकान्त र मनोरम संसारिक दृश्याबलोकन गदै आस्थाकी देबि पाथिभरा नजिकै रहेको हासपोखरी परिसरबाट छिरे राजमार्गले नै छोएको देले डाडामा निस्कन सकिने भएको छ ।

पर्यटन प्रवर्धन गरि स्वरोजगारको बिकाससगै  नागरिकहरुको आर्थिक समृद्धिको दिर्घकालिन योजना अनुसार इलामको रोङ गाउपालिकाले निमार्ण गर्दै गरेको  रोङको गौरबको योजना अनुसार हासपोखरी मेचीखोला  २९ किलोमिटरको पदमार्ग निमार्णको क्रममा  मेची राजमार्गले छोएको रोङ ३ को हासपोखरीबाट दक्षिण पूर्वबाट उकालो लागे अनाकन्टर जंगल  हिमाल पहाड र तराइ नेपाल भारत भूटान लगायतको अनेकन दृश्यहरु नियाल्दै ७ कि मी को यात्रापछि  रोङ ६ को दैलेडाडामा पुगेपछि मात्रै दैले जौबारी लामिटार निन्दा सडकलाइ भेटिने गरि निमार्ण गरिएको पदमार्गको कार्य अन्तिम चरणमा पुगेको छ । 


त्सो त पदमार्ग त्यति मात्रै हैन दैले डाडाबाट हल्लने ढुङ्गा काउले डाडा, हुदै धजे भन्याङ्गमा पुग्दा अर्को चरण र धजेबाट भण्डीडाडा रमिते भिर सत्याल सिह टापुरा पाण्डबगुफा हुदै सलकपूरको गुर्धुम डाडामा तेश्रो खण्ड हुदै शिरछेदन ढुङ्गा गुम्बाडाडा हुदै नेपालको पूकि सिमानदि मेची र सिद्धि दोभानसम्म साइकल चढेर यात्रा गर्न सकिने अवधारणको साथ संरचना पूर्वाधार बिकासको क्रम अीनतम चरणमा पुगेकोले यसै बर्षभित्र उद्धाटनको तैयारीमा रहेको रोङ गाउपालिकाका अध्यक्ष समसेर राइको भनाइ रहेको छ ।

 गउमानै स्वरोजगार गराउन कृषि र पर्यटनको बिकासमा कोशेढुङ्गा साबित हुने यो पदमार्गभित्र दर्जनौ बिश्रामालय र प्रकृतिको अनेको सृजना सहजै हेर्न सकिने छ । हासपोखरीबाट छिर्नसाथ अनेकन जैबिक बिबिधता जियोडिक पोइन्ट  (गुगल डाडाबाट) तलतिर अन्तु देखिनुको साथै कन्याको चियाबारीको मैदानी रुप अनि सामुननेमा देखिने हिमसुखलारुले  संसार यस्तोपनि रहेछ भन्ने आभास त गराउछ नै अनाकन्टर गिद्धे पहरोले मुटु चिसो हुदाहुदै निगाले डाडा  साकेला थान र चियाने डाडामा रहेको ठूलो टारले टुढीखेल नै यहि हो कि भन्न शंका पनि उब्जाउछ नै  । जहा यात्रालाइ सहज बनाउन करिव पाच फुटको बााटो, ठाउठाउमा बिश्रामालय, चौतारो निमार्णको सगै जंजमा रहेको रुख अनि बिरुवाहरुलाइ जस्ताको तस्तै रुपमा गरिएको सृगार पटारले यात्रालाइ थकान रहित बनाउने पक्का रहेको छ ।


 गउपालिकाको गौरबको योजना अनुसार स्वरोजगारको लागि होम स्टेको बिकास , होटल तथा खाजाघर, स्थानिय कृषि उत्पादन र प्रबोधीकरण गर्न सके गाउका हरेक नागरिक स्वरोजगार बन्न सक्ने निश्चित रहेकोले यो योजना रोङको समृद्धिकोलागि निर्णयक हुने भएकोले आफुहरु योजना सफल बनाउन लागि परेको रोङ गाउपालिकाको प्रवक्ता समेत रहेको वडा नं ६ का वडाध्यक्ष मनिकुमार तामा सुवासले बताए ।

 अहिले संरचना निमार्णको क्रम तकारुकताको साथ चलिरहेको छ । हासपोखरीको प्रबेशद्धारमा गेट निमार्णको क्रम चलि रहेको छ । कोल्बुङ्ग पाथीभरामा आएका पाहुनालाइ एकदिन बसाएर करिव हप्ता दिनको प्याकेज पदमार्गमा दिन सकिने भएकाले पर्यटनको बिकास  आर्थिक समृद्धि सग जोड्न सजिलो छ रोङ गाउपालिका वडा नं ३ का वडाध्यक्ष मातृका वरालको भनाइ रहेको छ ।











प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment