प्रदेश नं १ मा ८९१ मा कोरोना सङ्क्रमण पुष्टि


विराटनगर ५ माघ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक/एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो ।

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा छ, इनरुवा र स्थानीय तह नखुलेका चार/चार, देवानगञ्ज, बराहक्षेत्र र कोसी गाउँपालिकामा तीन/तीन, हरिनगर र रामधुनीमा दुई/दुई, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बूढीगङ्गा र स्थानीय तह नखुलेका तीन÷तीन, लेटाङ, कानेपोखरी र ग्रामथानमा दुई/दुई, धनपालथान, सुनवर्षी, कटहरी, उर्लाबारी, पथरी शनिश्चरे र रङ्गेलीमा एक/एक जनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा नौ, कनकाइमा आठ, शिवसताक्षी र मेचीनगरमा पाँच/पाँच, अर्जुनधारामा चार, कचनकवल र कमल गाउँपालिकामा दुई/दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, सङ्खुवासभाको मकालु र स्थानीय तह नखुलेका एक/एक, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एक/एक, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक/एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज नौ महिलासहित २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment