झापाको अर्जुनधारामा ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु


झापा ५ माघ । अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ ।
प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्र्याक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment