इलाम रोङको नाखोपामा बन्यो माइमन्दिर

  •  गोबिन्द पौडेल

रोङ ५ माघः रोङ गाउँपालिका वडा नं ५को नाखोपामा प्राचिन कालदेखी अवस्थित माइमन्दिरको पुर्न निर्माण गरिएको छ ।
आस्थाकी देवी माइ  भगवती मानिदै आएको प्राचिन समयदेखीनै माइखोलामा गएर भाकल पूरा गर्ने र पूजा अर्चना गरिने संस्कार रहेकोमा यातायातको असुबिधा, रोगी बृद्ध र वालवालीकाहरु  माइ खोलासम्म पुगेर पूजा अर्चना गर्न नुक्ने हुदा तान्त्रिक बिधि प्रयोगगर्दै माइखोलाबाट बाजागाजा सहित शिला ल्याएर भगवतीको स्थापना गरिएकोले माइ भगवतीको भाकल र पूजा खर्चना गरिदै आएको सो मन्दिर जिर्ण रहेपछि रोङ गाउँपालिकाको तीन बर्ष अघि १ लाख पचास हजार सहयोगमा जिर्ण मन्दिरको पून निमार्णको काम थालिएको थियो । 
चालुबर्षमा प्राप्त ३ लाख सहयोग गरि कुल चार लाख पचास हजारका लागतमा  मन्दिरको पून निमार्ण कार्य समेत सकेर सास्कृतिक बिधि अनुसार शिलाको  पूनस्थापना गरिएको स्थानिय नकुल राइले बताए । मन्दिरमा नियमित पूजा अर्चना र बलि पूजा समेत गरिने चलन रहेको रार्इले बताए ।  मन्दिर निमार्णपछि सन्तबहादुर छुला रार्इको अध्यक्षतामा उपाध्यक्ष दीलकुमारी रार्इ सचिव बिशाल रार्इ रहेको नौ सदस्यीय संरक्षण समिति समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment