इलाममा थप २५ जनामा कोरोना संक्रमण संक्रमितको संख्या ८० पुग्यो


इलाम, ५ माघः देश भरी कोरोनाको संक्रमितको संख्या वढे सगै इलाममा पनि कोरोना संक्रमितको संख्या वढ्दो छ । इलाममा आज २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आझ संक्रमण पुष्टी भएका २५ जना सगै इलाममा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । 

इलाममा आज इलाम नगरपालिकामा ९ महिला र ६ पुरुष, रोङ गाउँपालिकाका ३ महिला र ४ पुरुष, देउमाई नगरपालिकामा १ महिला, फाकफोकथुम गाउँपालिकामा १ पुरुष र माइजोगमाई गाउँपालिकामा १ पुरुष रहेका छन् । 

नेपालका आज ११ हजार ३ सय ५२ नयाँ संक्रमित थपिएका छने भने ४ जना संक्रमितको मृत्यु भएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment