मुलुकभर एकैदिन थपिए ११३५२ नयाँ संक्रमित, चारको मृत्यु


काठमाडौं ५ माघ। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १८ हजार ७८ पीसीआर परीक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणका क्रममा १ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २८ जनाको ज्यान गएको छ । त्यस्तै थप ६ सय १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार १ सय ६० जना निको भएका छन् ।
हाल नेपालमा ४७ हजार ९ सय २९ सक्रिय संक्रमित आइसोलेशन र १ सय २६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment