कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण


काठमाडौं ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।


महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।
पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए ।
महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment