नेपाल भ्रष्टाचार सूचकांकमा यथावत, सबैभन्दा बढी भ्रष्ट मुलुक दक्षिण सुडान


काठमाडौँ । नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज (मंगलबार) जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था यथावत छ । गत वर्षको जस्तै नेपाल सुशासनमा ११७औं स्थानमा देखिएको छ ।

रिपोर्टअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुमध्येमा ३३ अंक पाएर ११७ औं स्थानमा परेको हो । १८० देशको अवस्था अध्ययन गरिएको थियो । नेपाल गत वर्ष पनि ३३ अंक पाएर र ११७ औं स्थानमा नै रहेकाे थियो,  यो वर्ष पनि सुधार नदेखिएको हो ।

नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको स्थानमा परेको छ । यसैगरी डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् । नेपाल १०० अंकमा ३३ अंक लिएर मध्यम भ्रष्टाचार हुने मुलुकको सूचिमा रहेको हो ।

ट्रान्सपरेन्सीले सन् १९९५ देखि यता हरेक वर्ष भ्रष्टाचार तथा सुशासनका अवस्था अध्ययन गरेर मुलुकहरुको सूची इन्डेक्ससहित सार्वजनिक गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment