मुलुकभर थप १२००८ जनामा कोरोना पुष्टि, ८ संक्रमितको मृत्यु


काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ हजार ४३२ जना र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०४० जना कोरोना मुक्त भए, ८ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५ हजार ९०९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६० लाख ९० हजार ८५४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment