इलाममा एकै दिन ६० जनामा कोरोना संक्रमण संक्रमितको संख्या ३२८ पुग्यो


इलाम, ६ माघः देश भरी कोरोनाको संक्रमितको संख्या वढे सगै इलाममा पनि कोरोना संक्रमितको संख्या वढ्दो छ । इलाममा आज ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आझ संक्रमण पुष्टी भएका ६० जना सगै इलाममा कोरोना संक्रमितको संख्या ३२८ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेहरुमा माई नगरपालिकामा ६ महिला र १२ पुरुष,  इलाम नगरपालिकाका ८ महिला र ७ पुरुष, सूर्योदय नगरपालिकामा ६ महिला र ५ पुरुष,   रोङ गाउँपालिकामा ८ महिला  र ६ पुरुष,  चुलाचुली गाउँपालिकामा ४ महिला र ३ पुरुष रहेका छन् भने जिल्ला वाहिरका १ जना रहेका छन् । 

नेपालका आज १२ हजार आठ जना नयाँ संक्रमित थपिएका छन भने ८ जना संक्रमितको मृत्यु भएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment