जंगलमा भेटियो एक महिला र एक बालिकाको शव


वुटवल । रुपन्देहीको घोडाहा जंगलमा दुई जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय देवदहका अनुसार मंगलबार देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।
पूर्व–पश्चिम राजमार्ग छेउको जंगलमा एक अर्धबैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरी फालिएको हुन सक्ने अनुमान लगाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment