शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ घाइते


पाल्पा । पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी जादैगरेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको हो ।

आइतबार बिहान करिब १०ः३० बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारा लागि पठाइएको छ ।

शव बोकेको बसमा करिब ३५ जना यात्रु रहेकोमा अन्य यात्रुहरु सामान्य घाइते भएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment