तीन जना सवार मोटरसाइल दुर्घटना हुनै तीनै जनाको मृत्यु


सर्लाही । सर्लाहीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ ।

इश्वरपुर नगरपालिका–३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा अनियन्त्रित भई बा १९ प ७१९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment