रेशम चौधरीले आज नयाँ दल दर्ता गर्दै, झाँकीसहित निर्वाचन आयोग जाँदैछ टोली


काठमाडौं १९ पुष। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले आज नयाँ दल दर्ता गर्ने भएका छन् । चौधरी हाल कारगारमै रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ता हुन लागेको हाे ।
दल दर्ताका लागि बाजागाजा एवं सांस्कृतिक झाँकीसहित एक टोली निर्वाचन आयोग गइरहेको छ । निर्वाचन आयोगमा पुग्नुअघि उक्त टोली भृकुटी मण्डपमा भेला भएको जनाइएको छ ।
सुरुमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता श्रेष्ठले गर्नेछिन् । २०७४ सालको निर्वाचनमा व्यवस्थापिका संसदमासमेत निर्वाचित उनले नागरीक उनमुक्ती पार्टी नामका नयाँ दल दर्ता गर्न लागेको बताइएको छ ।
पछि आफू नै अध्यक्ष रहनेगरी चौधरीले पार्टी दर्ता गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment