विराटनगर स्थित नोबेल कलेजमा गुण्डा लगाएर अतिरिक्त शुल्क उठाइँदै, एमबिबिएसका विद्यार्थी आन्दोलित


विराटनगर१९ पुष । विराटनगर स्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगको निर्देशन विपरित अतिरिक्त शुल्क नबुझाउने एमबिबिएसका विद्यार्थीहरुलाई पठनपाठनमा रोक लगाएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
विद्यार्थीहरुले मेडिकल कलेज अगाडि मेडिकल माफियालाई राजनैतिक संरक्षण बन्द गर, तोकिएको शुल्क लागू गर, गुण्डागर्दी बन्द गर जस्ता नारा लगाउदै प्रदर्शन गरेका छन् । कलेजले सेक्युरिटी गार्ड र गुण्डाहरु प्रयोग गरी अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीहरुलाई पठनपाठनमा अवरोध पुर्याएपछि उनीहरु आन्दोलित भएका हुन् । अतिरिक्त सुल्क फिर्ता गर्नुपर्ने, विद्यार्थीलाई शान्त बातावरणमा पाउनुपर्ने, धम्कीपूर्ण वातावरण बन्द नभए सम्म विद्यार्थीहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।
यसैबीच गृह मंत्रालयले अतिरिक्त शुल्क माग्ने मेडिकल कलेजलाई कारवाही गर्न निर्देशन दिए अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजलाई पत्राचार गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क माग गरिएको लिखित उजुरी आए ठगी अन्तर्गत मुद्दा चलाउने जानकारी दिनुभयो । उहाँले नोवेल मेडिकल कलेजलाई बारम्बार अतिरिक्त सुल्क नलिन जानकारी गराउदा समेत वास्त नगरेको बताउनु भयो ।
नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोके भन्दा बाहिर अतिरिक्त शुल्क भनेर ४ लाख ८२ हजार रुपैया दिन विद्यार्थीहरुलाई दबाब दिदै आएको छ । चिकित्सा शिक्षा आयोगले ४४ लाख ३६ हजार रुपैया शुल्क तोकेकोमा प्रथम वर्षका लागि १४ लाख ७८ हजार रुपैया बुझाएपनि पठनपाठन गर्न दिइएको छ्रैन । विद्यार्थी तथा तिनका अभिभावकहरुले पौष ५ गते देखि आन्दोलन गरिरहेका छन् ।
नोबेल मेडिकल कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीहरु मध्ये ९ जना भारतिय, १० जना छात्रवृत्ति र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीहरुलाई छुट्टै कोठामा लगेर पढाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment