चुकुलढुङ्गामा अधिकारी

  •  गोबिन्द पौडेल 


रोङ २४ पुस  । इलामको हर्कटे बजारमा रहेको चुकुलढुङ्गा सहकारी संस्थाको अध्यक्षमा टीकाराम अधिकारी छानिएका छन ।

 च्ुकुलढुङ्गा सहकारी संस्थाको आज भएको नावै साधारण सभाले अकिारीलाइ अध्यक्ष मा छनौट गरेको हो , सोही अबिधेसमा मुना पौडेल ढकाल उपाध्यक्ष देबी गजुरेल सचिव जलपना अधिकारी कोषध्यक्ष र लोक बहादुर प्रधान रघुनाथ तिमसिना नरेस पौडेल र फडिन्द्र सिवाकोटी सदस्य रहेका छटन् भने मुकुन्द पौडेलको अध्यक्षतामा तीन सदस्यि लेखा समिति र नरेस पौडेलको अध्यक्षतामा तीन सदस्यीय ऋण समिति समेत गठन गरेको छ ।

 इलामको रोङ र सुयोदय कार्यक्षेत्र बनाएर क्रियाशिल रहेको सो सहकारीको नवौ साधारण सभाले सहकारी सदस्यका बिभिन्न आठजनालाइ सम्मान पनि गरेको छ । यसरी सम्मानित हुनेहरुमा  शै बर्ष २०७६मा सहकारी सदस्यहरुको परिवारबाट उत्कृष्ट एस इ इ अ‍ैक पाएर पासहुने अनिस पौडेल र प्रश्ना राइ २०७७ का उत्कृष्ट एस इ इका बिद्य्यार्थीहरु प्रज्जवल महत र प्रियंका राइ रहेका छन । यसैगरि उत्कृष्ट बाल बचत कर्ता तृष्णा राइ , जेस्ट सदस्य ८२ बर्षिय भिमा देबी पौडेल उत्कृष्ट ऋणी सुनपा ७ का हस्तमाया राइ र उत्कृष्ट बचत कर्ता  सुनपा ६ का मनिका राइ रहेका छन् । भने दुइजना उत्कृष्ट कर्मचारीहरु रोहित पोख्रेल र बिदुर पोख्रेललाइ समेत सम्मान गरेको छ ।

 २०६९ सालमा स्थापित सहकारीले  गत बर्ष ५ करोड २ लाख  ९९ हजार ६ सय चौहतर रुपैया चार पैसाको कारोबार  गर्दा ६ लाख ४५ हजार ७ सय बयासी रुपैया चवालीस पैसा खुद नाफा आर्जन गरेको आय ब्ययाको प्रतिबेदन पनि पारित गरेको छ । ३ सय एकतहर सेयर सदस्य रहेको सहकारी संस्थाका अध्क्ष्यक्ष फडिन्द्र सिवाकोटीको अध्यक्षता र राष्ट्रिय सहकारी बैक इलामका प्रबन्धक मनोज लामिछानेको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा उपस्थितहरुलाइ संस्थाका तुलसा निरौलाले स्वागत गरेकी थिइन ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment