विराटनगरस्थित नोवेल मेडिकल कलेज तनावग्रस्त


विराटनगर२५ पुष । सहमति विपरित कक्षा संचालन गरेपछि  विराटनगरस्थित नोवेल मेडिकलमा विद्यार्थीहरुले आइतबार तोडफोड गरेका छन् । शुल्कको विषय लिएर विद्यार्थीहरुले मेडिकल कलेजमा तोडफोड गरेका हुन् ।
अहिले कलेजको स्थिती तनावग्रस्त रहेको छ । कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीहरुलाई प्रवेश नदिएर अन्य थोरै विद्यार्थीहरुलाई मात्रै पढाउन थालेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
सहमति विपरित कलेजले एमबीबीएसका प्रथम वर्षका विद्यार्थीहलाई प्रवेशमा रोक लागाएपछि विद्यार्थीहरुले आन्दोलन चर्काएका हुन् ।
उनीहरुलाई साथ दिन विद्यार्थी संगठनका नेताहरू पनि नोवेल मेडिकल कलेज पुगेका थिए ।
यसअघि कलेजले स्थानीय प्रशासनसँग अतिरिक्त शुल्क नलिने, विवाद समाधान पछि मात्रै कक्षा संचालन गर्ने समहति गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment