प्रदेश-१ मा ४६ मा कोरोना सङ्क्रमण


विराटनगर २३ पुष । प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई÷दुर्ई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको शिवसताक्षी र विर्तामोडमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश–१ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment